सरकारद्वारा देशका विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा

काठमाडौँ- सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका कालिकोट लगायत विभिन्न ठाउँमा सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रूपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।
त्यस्तै प्रवक्ता शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको भन्दै ललिता निवास प्रकरणका जोसुकै दोषीहरूलाई उन्मुक्ति नदिने बताइन् ।
प्रवक्ता शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको र सरकार ढल्ने कुरा अफवाह भएको धारणा राखिन् ।

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया