महिलामाथि बलात्कार आरोपमा एकजना मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुर- ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।
खुट्टाको समस्याका कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । नेपाली सेनाबाट रिटायर्ड भएपछि करिब २ वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया