कर्णालीमा मन्त्रालयगत विनियोजित बजेटमाथि छलफल सुरु

सुर्खेत- कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफल सुरु गर्ने भएको छ । उक्त छलफलका लागि आज बसेको प्रदेशसभा बैठकमा कार्यसूची सार्वजनिक गरिएको छ । सभामुख नन्दा गुरुङले कार्यसूची पेस गरेकी हुन् ।
सार्वजनिक गरिएको कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ । असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।
असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुने जनाइएको छ ।
प्रदेशसभाका सचिव जिवराज बुढाथोकीका अनुसार असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुनेछ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया