आमाको हत्या गरी फरार शिवकुमार रूपन्देहीबाट पक्राउ

बुटवल- पश्चिम नवलपरासीमा एक युवाले आफ्नै आमाको हत्या गरेकाे खुलेको छ । जिल्लाको सुनवल नगरपालिका वडा नं. १३ का २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै आमा ५० वर्षीया बुद्धिरानी मुसहरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको बताए । मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार भएका थिए ।
उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ । काम गरेर साँझ घर फर्केका मृतकका श्रीमानले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए ।
अभियुक्त शिवकुमारले यसअघि पनि दुई पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ । आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए ।
कुटपिट सहन नसकेपछि उनकी श्रीमती दुई महिना अघिबाट माइती गएर बसेको प्रहरी उपरीक्षक पाण्डेले बताए । हत्यापछि फरार रहेका अभियुक्त रूपन्देहीको गैंडाहवा-८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ परेका छन् ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया