एमाले र राप्रपाकाे विरोधपछि बागमती प्रदेशसभाकाे बैठक स्थगित

मकवानपुर- बागमती प्रदेश सभाको बैठक असार १३ गते बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंगलबारकाे पहिलाे बैठक ५ वटा विषयगत समिति बनाएर दाेस्राे बैठक समेत मंगलबार नै हुने गरी स्थगित गरिएको थियो । दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रदेशसभा मंगलबारकाे दाेस्राे बैठक अवरुद्ध भएको थियाे । एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।
विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयले सूचना सार्वजनिक गरेर बैठक स्थगित भएको जनाएकाे हाे ।
प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले बजेट पुनर्लेखन गरेर समावेशी बनाएर मात्र पास गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया