११ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश स्तरीय युवा सम्मेलन
एक शिक्षण संस्था एक उद्यम र उत्पादन कार्यक्रम सञ्चालन गर्न माग

मकवानपुर- बागमती प्रदेशको हेटौंडामा २ दिनसम्म चलेको प्रथम प्रदेश स्तरीय युवा सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सम्मेलनले एक शिक्षण संस्था एक उद्यम र उत्पादन कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।
घोषणापत्र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हेटौंडा घोषणा पत्र हस्तान्तरण गरे ।
युवाहरूका सुझावलाई समेटेर तयार पारिएको घोषणापत्र लागू गर्न पनि उनले प्रदेश सरकार समक्ष आग्रह गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरूको सीप र क्षमतालाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गर्ने बताए । युवाहरू निरास नहुन आग्रह गर्दै उनले भने, 'सीप सिकाएर रोजगारी दिने गरी प्रदेश सरकारले काम गर्न लागेको छ, अब क्षमता अनुसारको रोजगारी दिने गरी काम गर्ने योजना बनाउँदै छौं ।'
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो दुई दिने कार्यक्रमको उद्देश्य पूरा भएको बताइन् ।
युवाहरूको क्षेत्रमा प्रदेश सरकारले राम्रो काम गरेर देखाउने बताइन् । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ती विषयलाई घोषणापत्रका रूपमा तयार गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।
प्रदेश तथा संघीय सरकार समक्ष प्रस्तुत गरी ती विषयहरूलाई सरकारको नीति तथा कार्यक्रमहरू मार्फत सुनुवाइ गर्न पैरवी गर्ने उद्देश्यले प्रदेशका १३ जिल्लाबाट समावेशी रूपमा छनौट भई आएका १५० भन्दा बढी युवाको सक्रिय सहभागितामा ११ बुँदे घोषणापत्र जारी जारी गरिएको उनले बताए ।
११ बुँदे हेटौंडा घोषणापत्रमा समावेश गरिएका बुँदाहरू यस्ता छन्ः
१। युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरूमा सीप विकास तालिम केन्द्रहरूको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।
२। युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
३। शैक्षिक कार्यक्रमहरू युवाको वृत्ति विकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरू निर्माण गर्ने ।
४। देशका शैक्षिक संस्थाहरूलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बीजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरूमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरूमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
५। प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।
६। सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।
७। देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।
८। सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरूमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने ।
९। सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने ।
१०। युवाको नवीनतम सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरूमा राज्यको सहयोग र प्रवर्द्धनमा साझेदारी भई कार्य गर्न जोड दिने । उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने ।
११। जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरूको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने ।

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YyFZSnuApH_qjz3uederbdyfvbm2aoozmleczrovybzglwcjjzgwa847zldppav2zdse5by.jpg)
प्रतिक्रिया