वडादेखि जिप्रकासम्म नागरिकता लिनेको भिड : कर्मचारीदेखि सेवाग्राहीसम्मलाई के-के छन् डर ?
तीन दिनमा २१५ जनालाई वितरण, ३ हजार ७ सय फाइल पेन्डिङमा

जनकपुरधाम- संशोधित नागरिकता ऐनअनुसार जन्मका आधारमा नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन थालेपछि स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालय कार्यालयसम्म दिनहुँ भिड बढदै गएको छ ।
जिल्ला प्रशासन कार्यालयले दैनिक १ सयको हाराहारीमा टोकन गरेपनि स्थानीय तहबाट सिफारिस लिएर टोकन लिन र नागरिकता बारेमा बुझ्नका लागि ठूलो सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेकाले जिल्ला प्रशासन कार्यालयमा भिड बढ्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मात्रै होइन स्थानीय तहका वडाहरूमा समेत ठूलो संख्या भिड बढ्ने गरेको छ । खासगरी एउटा नागरिकतामा नाता प्रमाणितका लागि ६/७ जनासम्म र अपुग कागजात पूरा गर्न घण्टौँसम्म कुर्नुपर्ने भएकाले भिड बढी देखिने गरेको वडाध्यक्षहरू बताउँछन् ।
सिफारिस लिएर आउनेको संख्या बढी र जनशक्ति कम भएको र अन्य सेवापनि दिई रहनुपर्ने भएकाले नागरिकता वितरण तिव्रगतिमा काम हुन नसकेको कारण पनि भिड रहने गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
धनुषा जिल्लामा पछिल्लो पटक नक्कली नागरिकता, कर्मचारी झुक्याएर फर्जी नागरिकता बनाउनेलगायतका गलत क्रियाकलाप भएकाले नागरिकता संवेदनशील कुरा भएकाले गलत व्यक्ति लिन नपाओस भन्ने विभिन्न कागजात र मुचुल्कालगायत प्रक्रिया पूरा गर्न समय लागे पनि भिड बढिरहेको छ । यदि सामान्य प्रक्रियाले नागरिकता दिन थाले भने भिड झन बढ्थे जसलाई व्यवस्थापन गर्नै मुस्किल हुन्थ्यो ।
यता स्थानीय सेवाग्राहीहरूले कर्मचारी र वडाध्यक्ष विभिन्न बहाना बनाएर काममा ढिलासुस्ती गरिरहेको कारण भिड बढेको बताउँछन् । जनकपुरधाम ४ का स्थानीय विनोद साहले भने तीन दिनदेखि दौडिरहेको छु । तर अहिलेसम्म वडाबाट सिफारिस त के फाइल दर्तासम्म भएको छैन । 'पहुँच भएका र विचौलियाको माध्यमबाट गएकाहरू नागरिकता पनि पाइसके तर आफू धाइरहेका छौँ, खोई कहिले आउला पालो ?' उनले प्रश्न गरे ।
शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रबाट सिफारिस आउने गरेको बताउँदै प्रजिअ दाहालले आजदेखि जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ र मिथिला नगरपालिकाबाट पनि सिफारिस बढ्न थालेको बताए । उनका अनुसार मंगलबारसम्म २ सय १५ वटा नागरिकता वितरण गरिसकिएको छ भने ३ हजार ७ सय जति सिफारिस भएर आएका फाइल जम्मा भइसकेको छ भने दैनिक एक सय टोकन वितरण गर्ने गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाबाट वडा नम्बर तीन दिन मुस्किलले एक सय सिफारस गरिएको छ जसमा बढी ग्रामिण वडाको रहेको बताइको छ । वडा नम्बर ४ बाट १२/१३ वटा मात्रै सिफारिस गरेर जिप्रका पठाइएको वडाध्यक्ष सुरेश झाले बताए । कर्मचारी आभाव र नागरिकता संवेदनशील कुरा भएको कारण नाता प्रमाणित, बसाई सराई, जन्म मिति सिफारिस र मुचुल्कालगायतका प्रक्रिया पूरा गर्न एउटै फाइलमा २/३ घण्टासम्म लाग्ने गरेको ढिलाई भइरहेको उनले बताए ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार सिंहले कुनै पनि गैरनेपालीले नागरिकता नपाउन् भन्नेतर्फ आफूसचेत भएको बताउँदै व्यक्तिको एकिन गरेपछि मात्र सिफारिस गर्ने गरेको कारण पनि काम सुस्तगतिमा भइरहेको देखिन गएको बताए ।
गलत व्यक्तिले नागरिकता बनाउन नपाओस भन्ने उद्देश्यले वडा कार्यालयहरूले बसोबास प्रमाणित गर्नका लागि कर्मचारी परिचालन गर्नुका साथै तीन जना छिमेकीको सनाखत गराउने काम गरेकाले काममा ढिलाई र भिड बढेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार श्रीवास्तवले बताए ।
नागरिकता दिने क्रम फेरि रोकिने हो कि भन्ने त्रासले पनि हतार हतारमा नागरिकता बनाउने प्रयासले पनि सबै वडा कार्यालयहरूमा सिफारिस गराउन पुगेकाले भिड बढेको उनको भनाई छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया