माउण्टेन इनर्जीको शेयर रजिष्ट्रारमा एनाइबीएल एस क्यापिटल

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयरसँग सम्बन्धित सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बिहीबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । अब उक्त शेयरहरु बाँडफाँट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरण पश्चात बाँडफाँटमा परेका शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूर्ण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुने माउण्टेन इनर्जीले जनाएको छ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया