शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

७ सय ५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदान गरिएको छ : प्रधानमन्त्री

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि ७ सय ५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय लगायतका विनियोजित बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।
‘वैदेशिक रोजगारीलाई अब धेरै हदसम्म झन्झट र विचौलियामुक्त बनाइएको छ,’ उनले भने, ‘श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका क्रममा श्रमिकहरूले झेल्दै आएको सास्ती अन्त्य भएको छ ।’

उनले अगाडि भने, ‘पूरै  अवधिका लागि श्रम स्वीकृति प्रदान गर्ने र पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य भई विदेशबाट नै अनलाइन प्रणालीबाट स्वीकृति प्राप्त हुने व्यवस्था मिलाइएको छ। यसै गरी  ७ सय ५३ वटै स्थानीय तहका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदान गरिएको छ ।’