बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै कर्णाली संसद् अवरुद्ध

सुर्खेत- कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गत असार १ गते संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताए ।
आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भव नहुने बताए । साथै उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए ।
बजेट भाषणलगत्तै पत्रकार सम्मेलनमा अर्थमन्त्री बेदराज सिंहले स्वयं बजेट निर्माणमा बिचौलियाको दबाब रहेको विषय सार्वजनिक गरेपछि यस विषय झन् विवादतिर तानिएको हो ।

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

प्रतिक्रिया