उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

छेन्दु - पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन् ।
छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।
उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन् ।
सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार चीन प्रस्थान गरेका थिए ।

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

प्रतिक्रिया