बाँदर पीडित किसानहरूले घेरे बागमती प्रदेश सभा सचिवालय

मकवानपुर- आफूहरूले लगाएको बाली बाँदरका कारण असुरक्षित भएपछि बाँदर पीडित किसानहरू बस रिजर्भ गरेर बागमती प्रदेश सभा सचिवालय घेर्न आइपुगेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरू बागमती प्रदेशसभा भवनअगाडि नाराबाजी गरेका छन् ।
बागमती प्रदेशसभा भवन अगाडि बुधबार मुख्यमन्त्री जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरूले बाँदर आतंक नियन्त्रण गर्न सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत १५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
यसअघि पटक पटक आफूहरूले बाँदरको समस्याबारे जानकारी गराएको भए पनि प्रदेश सरकारले समस्या निराकरणको लागि पहल नगरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।
पीडित किसानले 'किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन, बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ, बाँदरपीडित यहीँ छ' लगायत नारा लगाएका थिए । प्रदेशसभा भवनअगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरूलाई छलफलका लागि बोलाए ।
दुईवटा बस रिर्जभ गरेर हेटौंडा आइपुगेका करिब १५० जना किसानहरूले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको बताए ।
धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरूले अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रदर्शन गरेका हुन् ।
बाँदर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरूको आरोप छ । मकवानपुरमा राक्सिराङ, मकवानपुरगढी लगायतको गाउँपालिकामा बाँदरको कारण समस्या भएपछि गाउँपालिकाहरूले बाँदर तर्साउन बन्दुक वितरण गरेको थियो । तर, यो प्रभावकारी नभएको उनीहरूको गुनासो छ ।
सुन्दा सामान्य लाग्ने तर गम्भीर चिन्ताको विषय भएको र यसलाई सम्बोधन गर्नुपर्ने प्रदेश सभा सांसद एकालाल श्रेष्ठले प्रतिक्रिया दिए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया