एमाले र राप्रपाले बहिष्कार गरेपछि बागमती प्रदेशसभा बैठक बुधबारका लागि बाेलाइयाे

मकवानपुर- प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि बागमती प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक झण्डै ४ घण्टापछि साँझ सवा ५ बजे सुरु भएकाे थियाे ।
प्रमुख प्रतिपक्ष दल एमाले र प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरुद्ध गर्ने तयारी गरेपछि प्रदेश सभाको बैठक असार १७ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख भुवनकुमार पाठकले असार १७ गते अपराह्न २ बजे बस्ने गरी बुधबारकाे बैठक स्थगित गरेका हुन् । मंगलबारकाे बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले बहिष्कार गरेपछि बुधबारका लागि बाेलाइएकाे थियाे ।
बुधबारकाे बैठक प्रारम्भ हुनासाथ राप्रपा संसदीय दलका नेता उद्धब थापाले आफ्नो धारणा राख्नासाथ बैठक अवरुद्ध भएको हो । थापाले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरूले सरकारले बजेट पुनर्लेखन नगरिकन संसद चल्न नदिने अडान राखेपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको हो ।
बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट लक्ष्यविहीन एवम् जनताप्रति विभेदकारी भएको, आफ्नो निर्वाचन क्षेत्र र चुनावीमूलक रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र नेमकिपाका सांसदहरूले पटक–पटक संसद अवरोध गर्दै आएको छ ।
विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गर्दै आएका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया