मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

आर्सनलले भित्र्यायो चेल्सीका फरवार्ड हाभर्ज

काठमाडौँ- आर्सनलले चेल्सीका फरवार्ड काइ हाभर्जलाई भित्र्याएको छ । आर्सनलले जर्मन फरवार्ड हाभर्जलाई पाँच वर्षका लागि भित्र्याउने सम्झौता गरेको बीबीसीले जनाएको छ ।

आर्सनलले सन् २०२८ सम्मका लागि ६५ मिलियन पाउन्डमा २४ वर्षीय हाभर्जलाई भित्र्याएको हो । जर्मन क्लब बायर्न लेभरकुसेनबाट ७१ मिलियन पाउन्डमा चेल्सी आएका हाभर्जले तीन वर्ष चेल्सीमा बिताएका छन् ।

चेल्सीका लागि गत सिजन ९ गोल गरेका हाभर्जका लागि उक्त रकममा थप हुन सक्ने अनुमान गरिएको छ । हाभर्जले समग्रमा चेल्सीका लागि ९१ इंग्लिस प्रिमियर लिग खेलमा १९ गोल गरेका छन् ।

सन् २०२१ मा चेल्सीले च्याम्पियन्स लिगको उपाधि जित्दा उनले म्यानचेस्टर सिटीविरुद्ध फाइनलमा गोल गरेका थिए ।