नेपालमा ६,८९१ जना संक्रमणमुक्त, १९६ जनाको मृत्यु

काठमाडौँ : देशभर गरिएको २० हजार २८६ पिसिआर परीक्षणका क्रममा ८ हजार १ सय ३६ र ६९३ एन्टीजेन परिक्षणका क्रममा ६७ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या चार लाख ७२ हजार ३५४ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार चार सय ११ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ८ सय ९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा तीन लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित आइशोलेशनमा र ७५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख १२ हजार ९५९ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया