आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट

काठमाडौँ- नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

यसअवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधारदर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन