प्रिमियरमा 'परस्त्री'लाई मिश्रित प्रतिक्रिया

काठमाडौँ- बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा 'परस्त्री'को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । सिनेमा हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई प्रिमियरमा हेर्नेले मिश्रित प्रतिक्रिया दिएका थिए।
सिनेमामा कलाकारको अभिनय रडेव्यु निर्देशक सुरज पाण्डेको कामको तारिफ भएको थियो भने फिल्म लेखनमा भने चुकेको धेरैको धारणा थियो । बुधबार आयोजित सिनेमाको प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न सिनेमा ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएको धेरैले धारणा राखे ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको सिनेमालाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, सिनेमाको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । सिनेमाबाट सुरजले सस्पेन्स थ्रिलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाइ उनको छ ।
श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा सिनेमा निर्माण भएको छ । सिनेमाका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामको प्रशंसा भएको थियो । उनीहरूले सिनेमामा गरेको अभिनयको उच्च प्रशंसा गर्नै पर्ने बुझाई सिनेमाकर्मीको थियो । कलाकारको उत्कृष्ट कामका कारण पनि सिनेमा उत्कृष्ट बनेको विश्वास उपस्थीत पाहुनाको छ ।
सिनेमाको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, सुरजले आफुलाई लभ लभ लभमा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो सिनेमा निर्देशन गरेकोमा आफूलाई गर्व लाग्यो । आफूले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।
शुक्रबार रिलिज हुने भने पनि सरकारले बकर इदको अचानक बिदा दिएपछि निर्माण टिमले बिहीबार नै रिलिज गरेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया