नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाको हलिउड फिल्ममा ज्याकलिन प्रहरी

मुम्बई : नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाले हलिउड फिल्मको सुटिङ गरिरहेकी छिन् । ‘वुमन्स स्टोरी’ शीर्षकको यो फिल्ममा ६ जना महिला निर्देशकले ६ भिन्न कथालाई पर्दामा उतारिरहेका छिन् । योमध्ये लीना यादवले निर्देशन गर्ने कथामा अन्जली लामा र बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले अभिनय गरिरहेका छन् ।
‘सेयरिङ अ राइड’ नामको यो फिल्ममा अन्जलीको भूमिका के छ भन्ने कुरा स्पष्ट नभए पनि ज्याकलिनको भूमिकाको भने खुलासा भएको छ । बलिउडका विभिन्न वेब पोर्टलमा आएको समाचार अनुसार यो फिल्म ज्याकलिन भने प्रहरीको भूमिकामा छिन् ।
तर, ज्याकलिन र अन्जली दुवैले यो फिल्मको सुटिङ गत अक्टोबरमा नै सकाइसकेका छन् । यो फिल्मको सुटिङ सकाएर ज्याकलिन ‘भूत पुलिस’को सुटिङ गर्न गएकी थिइन् । यसपछि भने उनले ‘सर्कस’को सुटिङसमेत सकाइसकेकी छिन् । यीबाहेक ज्याकलिन ‘बच्चन पान्डे’ र ‘रामसेतु’मा समेत देखिनेछिन् ।
अन्जली भने भारतमा बसेर मोडलिङ गरिरहेकी छिन् । नेपालमा भने मोहन राईले उनको बारेमा वृत्तचित्र बनाएका छन् । ‘अन्जली’ शीर्षकको यो डकुमेन्ट्रीमा उनको बाल्यकालदेखि ट्रान्सजेन्डर हुँदासम्मको अनुभव समेटिएको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया