पैसामा छोई नसक्नु हलिउड अभिनेता : एकै फिल्मको लिन्छन् १२ सय करोड

लसएन्जल्स - हलिउडमा एउटा फिल्म खेलेको अभिनेताले कति पैसा लेलान् ? वा सबैभन्दा महंगो पारिश्रमिक लिने अभिनेता को हुन् ? चर्चाका हिसाबले हाम्रो दिमागमा लियोनार्दो डिकाप्रियो वा ब्राड पिटको नाम झट्ट आउन सक्छ । तर यी अभिनेताभन्दा तीन गुणा बढी लिएर एउटा फिल्म खेल्ने अभिनेता छन् जसको नाम हो टम क्रुज ।
खबरअनुसार अभिनेता टम क्रुजले एउटा फिल्म खेलेको १२ सय करोड लिने गरेका छन् । टम क्रुजपछि भने बढी पारिश्रमिक लिने अभिनेतामा विल स्मिथको नाम आउँछ । अघिल्लो साल अस्करका होस्ट कमेडियनलाई थप्पड हानेर चर्चामा आएका विल स्मिथले एउटा फिल्म खेलेवापत् ५ सय करोड लिने गरेको बताइन्छ ।
तेस्रो नम्बरमा भने ‘टाइटानिक’ अभिनेता लियोनार्दो डिकाप्रियो पर्छन् । उनले एउटा फिल्म खेलेको ४ सय करोडसम्म लिने गरेका छन् । आफूभन्दा आधा उमेरका युवतीसँग डेट गरेर चर्चामा आउने यी अभिनेता आफैँ फिल्म निर्माणमा पनि संलग्न छन् ।
ब्राड पिटको पारिश्रमिक पनि लियाकै हाराहारी रहेको बताइन्छ । उनले पनि उही ४ सय करोड हाराहारी एउटा फिल्म खेलेको पारिश्रमिक लिने गरेका छन् ।
यसपछिको सूचीमा भने रकसमेत भनिन् ड्वेन जोनसन पर्न आउँछन् । उनले भने एउटा फिल्म खेलेवापत् साढे दुई सय करोड पारिश्रमिक लिने गरेका छन् ।
छेटौँ नम्बरमा भने ‘एक्स्ट्रयाक्सन’ अभिनेता क्रिस हेम्सवर्थ छन् । उनले एउटा फिल्म खेलेको दुई सय करोडसम्म पाउने गरेका छन् । सूचीकाे साताैँ, आठौँ र नवौँ नम्बरमा भने रबर्ट डाउनी जुनियर, जोनी डेप र क्रिस इभान्स छन् । सूचीको दसौँ नम्बरमा एडी मर्फी पर्छन् । उनले एउटा फिल्म खेलेको डेढ सय करोड पाउने गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया