मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

जनकपुरधाम : नेपाल विद्यार्थी संघले प्रदेश-२ सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
मंगलबार नेविसंघ र तरुण दलले कोभिड-१९ संक्रमितहरूको उपचारमा प्रदेश सरकारले लापर्वाही गर्दा मृत्यु हुनेहरूको संख्या बढदै गएको भन्दै मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामाको माग्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनका सहभागीहरूले निःशुल्क कोभिड उपचार र अक्सिजनको ग्यारेन्टी गर्न माग गर्दै मुख्यमन्त्री राउत, सामाजिक विकासमन्त्री साह र प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवविरुद्ध विभिन्न माग लेखिएका प्लेकार्ड देखाएका थिए ।
प्लेकार्डमा निःशुल्क कोरोनाको निःशुल्क उपचार गर, अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गर, मुख्यमन्त्री राजीनामा देउ, सामाजिक विकास मन्त्री राजीनामा देउलगायतका नारा लेखिएका थिए ।
नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले संक्रमितको उपचारमा लापर्वाही गर्ने भ्रष्टाचारी प्रदेश सरकारको कुनै औचित्य नरहेकोले राजीनामा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया