अस्करले थप्यो ३ सय ९८ नयाँ सदस्य, भारतबाट रामचरण, एनटीआर र करण जौहर पनि

लसएन्जल्स - अस्कर अवार्ड आयोजना गर्ने एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइसेन्जले थप ३ सय ९८ जनाले सदस्य बनाएको छ । नयाँ अस्कर सदस्यमा ‘एल्भिस’ अभिनेता अस्टिन बटलर, के हुवा क्यान, टेलर स्विफ्ट आदि रहेका छन् । एकेडेमीले भारतबाट पनि नयाँ सदस्य थपेको छ । यसरी थपिएका सदस्यमा जुनियर एनटीआर, रामचरण र करण जौहर रहेका छन् । नयाँ सदस्य थपिएसँगै अस्करमा सदस्यको संख्या १० हजार ८ सय १७ पुगेको छ ।
अस्करको ९६ औँ संस्करण आउँदो वर्षको मार्च १० मा हुनेछ ।
नयाँ सदस्य थपेसँगै अस्करमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत पुगेको जनाइएको छ । सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि ३४ प्रतिशत पुगेको एकेडेमीले जनाएको छ । एकेडेमीले ५२ देशका फिल्मकर्मी सदस्यको रुपमा जोडिएको पनि जानकारी गराएको छ ।
सन् २०२२ मा एकेडेमीले ३ सय ९७ जना सदस्यलाई सदस्यको रुपमा भित्र्याएको थियो । यसरी सदस्य बन्नेले अस्करका लागि दाबेदारी गर्ने फिल्मलाई भोटिङ गर्न पाउँछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया