बाजुरामा जिप दुर्घटना हुँदा सात जना घाइते

धनगढी- बाजुरामा जिप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जिप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जिप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । जिपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्, भने बाँकी ३ जना सकुशल छन् ।
जिप दुर्घटनामा घाइते भएका मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मानबहादुर सार्की रहेका प्रहरीले जनाएको छ ।
उनीहरूको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया