सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन आग्रह

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन आग्रह गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सुर्तीजन्य पदार्थ र गुट्खा बिक्री वितरण बन्द गर्न व्यवसायीहरूलाई संयुक्त रूपमा आग्रह गरेका हुन् ।
नागरिक अधिकार अभियानद्वारा सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पार्ने सचेतनामूलक सम्बन्धी कार्यक्रममा मेयर साहले सुर्ती सेवनले क्यान्सर जस्ता रोग लाग्ने बताउँदै यसबाट बच्न जनचेतनाको खाँचो रहेको बताए । उनले भने, ‘अभिभावकले पनि यसतर्फ ध्यान दिनुपर्छ । अहिले चुरोट सेवन गर्नेहरूको पनि बढोत्तरी भइरहेको छ ।’
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले युवाहरू चुरोट सुर्तीसँगै नशीलो ट्याब्लेट र सुईको अन्धाधुन्ध प्रयोग गर्दै आइरहेको बताउँदै भारतबाट सीमावर्ती शहरमा ल्याएर सेवन गर्दै आएकोले यसको रोकथामका लागि कडाइमा बढोत्तरी गर्नुपर्ने उल्लेख गरे ।
अभियान अध्यक्ष एवं नागरिक समाजका मुरली मनोहर मिश्रको नेतृत्वमा सुर्तीजन्य पदार्थ र गुट्खा अस्पताल, शिक्षालय, देवालयको २०० मिटरभित्र बिक्री वितरण बन्द गर्न जनचेतना अभियान सञ्चालन गरेको छ । उनले सो कार्यक्रमको क्रममा मेयर साह र प्रमुख जिल्ला अधिकारी दाहाललाई शिक्षा सुधारका लागि ज्ञापनपत्र समेत बुझाए ।
कार्यक्रममा रा.रा.ब. क्याम्पसका स्ववियु सभापति मनिष यादव, नेविसंघ धनुषाका सभापति सुजितकुमार यादव, अमरकुमार साह, मनोजकुमार चौधरी, शम्भुनाथ झा, नन्दकिशोर ठाकुर, सोनु झा, उमेशकुमार लगायतहरूको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया