म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर माउन्टलाई भित्र्याउँदै

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर मासोन माउन्टलाई भित्र्याउने भएको छ । युनाइटेडले इंग्ल्यान्डका मिडफिल्डर माउन्टलाई समग्रमा ६० मिलियन पाउन्डमा भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।
युनाइटेडले यस सिजनको पहिलो खेलाडीको रुपमा २४ वर्षीय माउन्टलाई भित्र्याउने भएको हो । युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले च्याम्पियन्स लिगका लागि बलियो टिम बनाउने योजना बनाएका छन् ।
सन् २०१९ मा चेल्सीका लागि डेब्यु गरेका माउन्टले १ सय ९५ खेलमा ३३ गोल गरेका छन् । चेल्सीले सन् २०२१ मा च्याम्पियन्स लिगको उपाधि जित्दा माउन्ट टिमका सदस्य थिए ।
उनले चेल्सीबाट फिफा क्लब विश्वकप तथा युईएफए सुपर कपको उपाधि जितेका थिए । माउन्टले इंग्ल्यान्डका लागि ३६ खेल खेलेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया