नेपालमा कोभिड-१९ का दुई नयाँ भेरियन्ट देखिए

काठमाडौं : नेपालमा कोभिड-१९ का तीन वटा भेरियन्ट देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिडका थप दुई नयाँ भेरियन्ट देखिएका जनाएको छ । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैलाई सचेत रहन र जिम्मेवार बन्न आग्रह गरेको छ
देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया