स्थानीय तहमा ३९६ अस्पताल निर्माणका लागि स्रोत सुनिश्चितता

काठमाडौं । अर्थ मन्त्रालयले ३९६ ओटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चितता दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले यसका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैँया बराबरको निर्माणका काम अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन् ।
अर्थ मन्त्रलायका प्रवक्ता रामेशवर दंगालले स्थानीय सरकारमा ५, १० र १५ शैय्या आधारभूत आधारभूत अस्पताल २ वर्याभित्र निर्माण सम्पन्न गर्नेगरी बहवर्षिय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयल सहमति दिने निर्णय गरेको बताए । यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रलायले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैँया स्थानीय तहमा पठाइसकेको छ ।
अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकमा मंसीर १५ गते स्थानीय तहमा निर्माण हुने अस्पतालको शिलान्यास एकैसाथ मंसीर १५ मा गर्ने निर्णय भएको थियो । चालु आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने उल्लेख गरिएको थियो ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रतिक्रिया