पारिवारिक कथामा ‘बगान’

काठमाडौँ - नेपाली चलचित्र ‘बगान’ असार २९ मा प्रदर्शन हुँदैछ । यो केही समयको अन्तरालमा पूर्ण पारिवारिक चलचित्र बनेको छ । अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बनेका छन् । डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउने लक्ष्य लिएका निर्देशक खनाल यसलाई स–परिवारले हेर्नु पर्ने बताए ।
‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, निर्देशक खनालले भने,‘यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ । त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुश गर्नुहुनेछ ।’
उनले आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्व समेत बुझ्दछन् । ‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, उनले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’
आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले गरेका छन् ।
स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया