राष्ट्रिय समन्वय बैठक: संघीयता कार्यान्वयनका अस्पष्टता अन्त्य गर्ने सहमति

पोखरा - पोखरामा शनिबार राष्ट्रिय समन्वय परिषदको बैठक भयो । बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, प्रदेशका मुख्यमन्त्री, गाउँपालिका महासंघका अध्यक्ष र नगरपालिका संघका अध्यक्षको उपस्थिति थियो । बैठकमा कोशीका मुख्यमन्त्री बाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरू उपस्थित भएका थिए । सहभागीहरूले राष्ट्रिय परिषद बैठक नियमित गर्न माग गरेका छन् । यसबाहेक उनीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रदेश र स्थानीयत तहले पाउने अधिकार अझै नपाएको गुनासो गरेका थिए ।
जहाँ प्रदेशका मुख्यमन्त्री, गाउँपालिका महासंघका अध्यक्ष र नगरपालिका संघका अध्यक्षले वन क्षेत्रको परिभाषा स्पष्ट गर्नुपर्ने माग राखे । ‘वन प्रदेशको, रुख संघको, जमिन पालिकाको भयो । यस्तो विवादले संघीयता मजबुत हुँदैन,’ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘वन ऐन संशोधन गरिनुपर्छ । वाधाहरु हटाउन हामीले प्रधानमन्त्रीलाई सुझाव दिएका छौं ।’ उनका अनुसार जग्गा प्राप्तिमा सहजीकरणका लागि पनि बैठकमा आवाज उठेको छ । प्रदेशका मुख्यमन्त्रीहरूले स्थानीय तहले उठाउने ढुंगा, गिटी, बालुवाबाट प्राप्त हुने राजश्वमा एकलौटी गरेको गुनासो गरेका थिए । अधिकांश पालिकाले दहत्तर, बहत्तर बापतको रकम प्रदेश संचित कोषमा पठाएका छैनन् ।
बैठकमा एकल अधिकारको कार्यान्वयन र साझा अधिकारमा समझदारीबारे एजेन्डा उठेको थियो । ‘एकल अधिकारलाई निर्भीक रुपमा प्रयोग गर्ने र साझा अधिकारका सूचीमा समन्वय मार्फत काम गर्ने कुरामा समझदारी भएको छ,’ गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भनिन्, ‘हामी एक अर्काको अस्तित्वलाई सम्मान गर्दै आफ्नो कर्ममा दत्तचित्त भएर लाग्नेछौं । प्राप्त अधिकार संविधानको दायराभित्र रहेर प्रयोग गर्न सहमत भएका छौं ।’ बैठकमा समानीकरण अनुदान बढाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका एजेन्डा कार्यान्वयनमा सबै पक्ष सकारात्मक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘यो बैठक दूरगामी महत्वको छ । बैठक सफल रुपमा सम्पन्न भएको छ । एक हिसाबले यसलाई हामीले पोखरा घोषणाको रुपमा निर्णय गरेका छौं,’ उनले भने, ‘संविधान कार्यान्वयनमा देखा परेका कतिपय कमजोरीलाई सम्बोधन गर्ने काम गरेको छ । ३ सरकारबीच समन्वय गर्ने र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन सफल भएको छ ।’ उनले शिक्षा ऐन र निजामती ऐन चालू संसद अधिवेशनबाटै जारी गरिने बताए ।
बैठकले संघीयता कार्यान्वयनका अस्पष्टता अन्त्य गर्ने ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्नेलगायतका निर्णय गरेको छ । बैठकले अनुदान वितरण दोहोरो नपर्ने गरी क्षेत्र तोक्न एक समिति गठन गर्ने निर्णय गरेको छ । एउटै प्रकृतिको कामको लागि संघ र प्रदेशमा स्थापना भएका अलग अलग संरचना पनि अब हटाउने निर्णय भएको छ ।
राष्ट्रिय समन्वय परिषद्को बैठकले आयोजनाहरुमा देखिएका दोहोरोपना हटाउन पनि समिति गठन गरेको छ । एक भन्दा बढी तहको सरकारको साझा अधिकार सूचीका कानुन निर्माण गर्दा आपसमा सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा २ वर्षका लागि खटाउने सहमति बैठकमा भएको छ । राष्ट्रिय तथ्यांकको एकीकृत अभिलेख प्रणाली विकास गर्ने निर्णय पनि भएको छ । बैठकमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिले जग्गा प्राप्ति झञ्झटिलो हुँदा विकास निर्माण र बजेट कार्यान्वयनमा समस्या परेको गुनासो गर्दै आएका थिए । यो विषयमा शुक्रबार भएको मुख्यमन्त्रीहरूको बैठकले साझा धारणा बनाएको छ ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया