सौगातपछि नीति शाह पनि ‘कामिनो’बाट बाहिर, नयाँ हिरोइन खोज्दै प्रदीप खड्का

काठमाडौँ - वैशाखदेखि नै सुटिङमा जाने तयारी गरिरहेको ‘कामिनो’ले अझै सुटिङ सुरु गर्न सकेको छैन । भनेको बेलामा फ्लोरमा ननिस्किएपछि यो फिल्ममा कलाकार इन आउटको शृंखला चलिरहेको छ । निर्धारित समयमा सुटिङ नभएपछि सर्वप्रथम यो फिल्मबाट सौगात मल्ल बाहिरिएका थिए । उनीपछि यही फिल्मबाट डेब्यू गर्न लागेकी मिस नेपाल इन्टरनेसनल नीति शाहले पनि यो फिल्मबाट हात झिकेको खबर छ ।
उनले के कति कारणले फिल्म छाडिन् थाहा छैन तर सूत्रका अनुसार निर्माण टिम यतिबेला नयाँ हिरोइनको खोजीमा लागेको छ । यसका लागि निर्माण टिमले नयाँ पुराना नायिकासँग कुरा गरिरहेको छ । काठमाडौँ र मेक्सिकोमा सुटिङ गर्ने भनेर चर्चामा आएको फिल्मका मुख्य कलाकार प्रदीप खड्काले नै मेक्सिकोको भिजा नपाएपछि पछि यो फिल्म फिलिपिन्समा सुटिङ गर्ने तयारी थियो । तर यो फिल्म फिलिपिन्स पनि उड्न सकेको छैन ।
‘कामिनो’मा प्रदीपबाहेक वर्षा सिवाकोटी, भोलाराज सापकोटा, प्रविण खतिवडा आदि कलाकारको पनि अभिनय रहने बताइएको थियो । निर्माण टिमले यी कलाकारलाई लिएर कार्यशालासमेत गरिसकेको छ । फिल्मलाई दीपक वलीले निर्देशन गर्दैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया