‘परस्त्री’मा देखिएन दर्शकको चासो

काठमाडौँ - उत्कृष्ट बनेको दाबीसहित भारतमा समेत रिलिज भएको नेपाली फिल्म ‘परस्त्री’ले नेपालमा अनुल्लेखनीय व्यापार गरेको छ । फिल्मले तीन दिनमा मुस्किलले ५ लाखको ग्रस गरेको छ । २ करोड बढी लगानीमा निर्माण भएको फिल्म बक्स अफिसमा चुर्लुम्म डुबेको छ ।
बिहीबार नै रिलिज भएको फिल्मले पहिलो दिन १ लाख ५६ हजार ग्रस गरेको थियो भने शुक्रबार र शनिबार ३ लाख ७५ हजारको व्यापार गरेको थियो । लगानीको अनुपातमा फिल्मको व्यापार अति नै न्यून हो ।
‘लभ लभ लभ’ अभिनेता सुरज पाण्डेको निर्देशकीय डेब्यू फिल्मलाई हिन्दीमा डब गरी भारतमा समेत रिलिज गरिएको थियो । भारतमा डबिङ भएको हल्लाले नेपालमा फाइदा हुने निर्माण टिमको विश्वास थियो । तर ‘प्रेमगीत ३’मा ठगिएको महसुस गरेका दर्शकले यो फिल्ममा रिस्क लिन नचाहेको देखिएको छ । विश्वभर हिन्दीमा रिलिज भएको ‘प्रेमगीत ३’ले खराब समीक्षा पाएको थियो । तर यो फिल्मलाई भने हिन्दीमा स्वरांकन भएको हल्लाले नेपालमा फाइदा भएको थियो । फिल्मले नेपालमा ७ करोड हाराहारी व्यापार गरेको थियो ।
हिन्दी डबिङबाहेक सेन्सरको काँटछाँटमा परेको र बोल्ड दृश्यले भरिएको जस्ता चर्चाका बीच पनि फिल्ममा दर्शकले चासो नदिएको देखिएको छ ।
फिल्ममा सुरज पाण्डेको निर्देशन र कलाकारको अभिनय ठीकठाक रहेको भए पनि दीपेन्द्र के खनालको पटकथालाई कमजोर कडीको रुपमा लिइएको थियो । योसँगै अभिनेताको रुपमा खराब सुरुवात गरेका सुरजको निर्देशकीय यात्रा पनि बिर्सनलायक बनेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया