ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन सांसदहरूको आग्रह

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह गरेका छन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकमाथिको छलफलमा सांसदहरुले अर्थतन्त्रलाई अनुशासन र सन्तुलन राख्दै कम ऋण लिने स्थिति सृजना गर्न पनि माग गरे ।
सो विधेयकमाथिको संशोधन प्रस्तावको छलफलमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले रु दुई अर्ब ४० अर्ब राष्ट्र ऋण उठाउने प्रस्ताव समसामयिक र वस्तुनिष्ठ भएको बताउँदै राष्ट्र ऋण र बेरुजु फरक फरक विषय भएको जनाए । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बाह्य र आन्तरिक ऋणमा गरिएका प्रस्तावहरु यथार्थपरक नभएको टिप्पणी गरे ।
नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले ऋण लिएर पनि सेवा वा वस्तु उत्पादनमा खर्च गर्न सकेको अवस्थामा मात्र ऋण बढाउन सुझाव राखे । उनले भने, “सेवामा र वस्तुको उत्पादनमा खर्च गर्न सकिएको छैन । ऋण लिएर पूँजीगत खर्च गरिरहनुपर्ने अवस्था छ ।”
एमालेका अमृतलाल राजवंशीले वित्तीय अनुशासनमा बस्न सकेमात्र ऋणको उपयोग सही ढङ्गले हुनसक्ने बताए । सांसद शिशिर खनालले भने, “पछिल्लो दश वर्षमा जम्मा ऋणको रकम तीन गुनाले बढेको छ । पूँजीगत खर्चमा भन्दा ऋणको ब्याज तिर्नमा बढी खर्च गरिरहेका छौँ ।”
कांग्रेसका प्रदीप पौडेलले अर्थतन्त्रले सन्तुलन गुमाएको भन्दै सरकारलाई ऋण लिने विषयमा सचेत हुन ध्यानाकर्षण गराए । उनले भने, “ऋणका कारण हरेक वर्ष हाम्रो बजेट प्रभावित भएको छ । वित्तीय अनुशासनमा नबस्दा अहिलेको अवस्था आएको हो । अब उत्पादनको क्षेत्रमा ऋणको प्रयोग बढाऔँ ।”
जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले ऋणको सदुपयोग गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले ऋणलाई उत्पादनमूलक बनाउन, कृषि र पर्यटनमा कर्जा लगानी गरेर रोजगारी बढाउनुपर्ने बताइन् ।
रासस

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया