राष्ट्रियसभाको बैठक सोमबार, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १:०१ बजे बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनेछन् ।
यस्तै विनियोजन विधेय २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । जसमध्ये वन तथा वातावरण, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया