सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छ : चिरिबाबु महर्जन

काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
निर्माण कम्पनीहरूलाई कामयाबी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उनको तर्क थियो । आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी निर्माण कार्यले गति लिएमात्रै पुँजीगत खर्च बढ्ने र मुलुक बन्ने समेत स्पष्ट पारे ।
उनले कन्स्ट्रक्सन इन्डष्ट्रिहरूको काममा सुधार ल्याउनका लागि अनुगमनको काममा कडाइ गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियामक निकायको ध्यानाकर्षण गराए । उनले निर्माण कम्पनीले लिएको जिम्मेवारी अनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिए पनि सुनुवाइ नभएको गुनासो गरे ।
निर्माण कम्पनीहरूको काममा सुधार ल्याउनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक आग्रह गरे पनि सो अनुसार काममा सुधार हुन नसकेको स्मरण गराए ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया