चेल्सीले लेस्टरलाई हरायो, शीर्ष चारमा पर्ने सम्भावना बलियो
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । मंगलबार राती भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ गोलले हराएको हो । चेल्सीलाई जिताउन एन्टोनियो रोडीगर र जोर्गिन्होले गोल गरे । लेस्टरका लागि इहिनाचोले एक गोल फर्काए ।
जितसँगै चेल्सीले एफए कप फुटबलको फाइनलमा लेस्टरसँग हारको बदला लिएको छ । गएको हप्ता मात्रै लेस्टरले चेल्सीलाई हराउँदै पहिलोपटक एफए कपको उपाधि उचालेको थियो ।
प्रिमियर लिगको जितसँगै चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना बलियो भएको छ । ३७ खेलबाट ६७ अंक बनाएको चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । हार व्यहोरेको लेस्टर ६६ अंकसहित चौथो स्थानमा छ । अब अन्तिम खेलमा जित निकाले चेल्सी स्वतः अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछ ।
मंगलबार राती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र फुलहमले एक एक गोलको बराबरी खेलेका छन् ।

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया