मुस्ताङी राजकुमारको बिहेमा गाउँपालिकामा सार्वजनिक बिदा

पोखरा- मुस्ताङी राजाको छोराको बिहेमा मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङले आइतबार विज्ञप्ति निकालेर मुस्ताङी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । पालिकाका जनताको माग अनुसार बिदा घोषणा गरिएको अध्यक्ष गुरुङले बताए ।
‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकाले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
झिग्मी सिंघी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया