बागमती प्रदेशसभाको बैठक बस्दै, बैठक सुचारू हुनेमा अझै शंका

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक बस्दैछ ।
प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बागमती सरकारले जनाएको छ।
सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरेपछि तीन दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट विभेदकारी छ ।
हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरेपछि बैठक सोमबार बिहान ११ बजे बोलाइएको हो ।
हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो बिषय बजेटमा समावेश गर्नुपर्ने बिषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया