बालाजी र लक्ष्मीपति सुन पसल अवैध सुन कारोबारमा तानिए

बुटवल- केहि दिन अघि रुपन्देहीको सिमानाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झण्डै २ किलो सुनको अनुसन्धान बुटवलका सुन व्यवसायी तानिएका छन् । भैरहवा भन्सार कार्यालयले सुरु गरेको प्रारम्भिक अनुसन्धानमा बुटवलको अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसलको संलग्नता देखिएको हो।
अनुसन्धानका क्रममा सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । गिरीको बयानका आधारमा बुटवलको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल मा सिल गरेर अनुसन्धान अगाडि बढाईएको छ ।
शसस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालयले असार १० गते १ केजी ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । करिब २ करोड मुल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । सीमानाका पार गर्न बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया