शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

एनएमबि बैंकको अफर : नि:शुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र नि:शुल्क डेबिट कार्ड जारी

काठमाडौँ- एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरूले eNMB एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर श्रावण मसान्तसम्म लागू हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।