अभिनेता श्रेष्ठ र अभिनेत्री निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

काठमाडौँ- अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा चर्चित निर्देशक दिपाश्री निरौलालाई छायाँछवि रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन् । अवार्ड समारोह सोमबार रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ ।
सन् १९९१ को चलचित्र ‘सम्पत्ति’बाट नेपाली चलचित्रमा अभिनययात्रा सुरु गरेका श्रेष्ठले तीस भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको चलचित्र गाउँले (प्रदर्शनका हिसाबले सन् १९९७ को चलचित्र नासो)बाटयस क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्नुका साथै चलचित्र ‘छक्का पञ्जा’का बहुचर्चित ३ बटा सिरिजलाई निर्देशन समेत गरिसकेकी छिन ।
यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरिने भएको छ । बि.सं. २०५८ सालमा प्रभातकालिन दैनिकबाट पत्रकारिता सुरु गरेका गिरी निरन्तर रुपमा चलचित्र पत्रकारितामा सक्रिय छन् । चलचित्र पत्रकार संघ, नेपालको उपाध्यक्ष समेत रहेका गिरी रातोपाटी डटकममा आवद्ध छन् ।
यस्तै यसवर्ष कलाका विभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलासाधकहरुलाई पनि छायाँछवि सम्मान अर्पण गरिने भएको छ । यसवर्ष अभिनेता तथा मोडल दिनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछवि सम्मान अर्पण गरिने छ ।
वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका छन् । समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रबाट विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया