महालक्ष्मी विकास बैंकद्वारा ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ वितरण

काठमाडौँ– ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय विरगञ्ज, पर्सामा कक्षा नौ मा अध्ययनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित ‘हिरा गिरी जेहेन्दार’ छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले पचासहजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे ।
विद्यालय व्यवस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गरे ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया