बागमती प्रदेश सभाको अवरोध हट्याे, समानुपातिक बजेट बाँडफाँटमा सहमति

मकवानपुर- बागमती प्रदेश सरकार अन्ततः समानुपातिक बजेट वितरणमा तयार भएको छ ।
सरकारले बजेट वितरण आसमान गरेको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका थिए । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरूको योजनालाई समावेश गर्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ ।
प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरूका योजनालाई पनि समावेश गर्ने सहमति भएको हो । गत असार १२ गतेबाट बागमती प्रदेशसभा बैठकको अवरोध हटाउन प्रतिपक्ष दलहरू तयार भएका हुन् ।
सरकार र प्रतिपक्ष दलबीच समानुपातिक बजेट बाँडफाँटमा सहमति जुटेपछि आजबाट प्रदेशसभा बैठकको नियमित हुने भएको हो ।
सरकारले एक पक्षीय बजेट विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले जारी राखेको बैठकको अवरोध आजबाट हट्ने भएको हो ।
सरकारले एकपक्षीय रूपमा राखेको बजेटलाई समानुपातिक वितरण गर्न सहमती गरेपछि प्रतिपक्ष दलहरूले अवरोध हटाउने भएका हुन् । यद्यपि सरकार पक्षका सांसदहरूले पनि बजेट असमान वितरण भएको बताउँदै आएका छन् । संसदमा छलफल चलेपछि आफ्नो तर्क राख्न पाउने भएकोले सांसदहरू छलफलमा जान तयार भएका हुन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया