एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार हुने

काठमाडौँ– एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यही जेठ २९ मा दुवै संस्थाहरूले गरेको विशेष साधारण सभाको निर्णयद्वारा पारित प्रस्ताव अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको हो ।
प्राप्ति पश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरू अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापीटलले लिएको छ ।
प्राप्ति पश्चात एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भईसकेकाे बताइएको छ ।
दुवै संस्थाहरूको असार १३ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’बाट सोमबार देखि एकीकृत व्यवसाय/कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_VHgDbC6l4A_fry9by0ekgt51gc4ofizlupxzczyk2bwkeujxlxtnwupe6ec3hgph6ygiyqz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया