बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

महराको दाबी - सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि हट्दैन

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिग भएर अघि बढेको भन्दै वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन् । 

उनले सरकारले विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे । अहिले सरकारका कामकारवाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ । 

महराले समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउनेदेखि मिटरव्याजी समस्या समाधान लगायतका धेरै राम्रा काम गरेको दावी गरे । यस्तै महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना भन्दा विकास र प्रयोग अझ अघि बढेको जिकिर गरे । 

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।