नेपालमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता : कमल थापा

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक, सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।
आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित "हिन्दराष्ट्र : अवधारणा र औचित्य' विषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित 'प्रोपोगन्डा' तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए ।
हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको उनले दाबी गरे । उनले धार्मिक राज्य नभइ प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरुको प्रमुख ध्येय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म ,संस्कृति र परम्पराको धरातलमा राष्ट्र निर्माण हुनुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया