लुम्बिनीमा विनियोजन विधेयक पारित

दाङ- लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ । आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन सकेन ।
छलफल नभएपछि सभामुखले निर्णायार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो । प्रदेशसभामा एमालेका सांसदहरूले खारेज भएका निर्देशनालयहरू फिर्ता ल्याउनुपर्ने माग गर्दै सुरुदेखि नै आन्दोलन गरिरहेका छन् ।
दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया