अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको जिकिर गरे । सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । उनले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने उल्लेख गरे ।
सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताए ।
उनले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया