डा. बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको छ ।
‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ,’ पार्टी प्रचारप्रसार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेसपाले अग्रमागी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता र त्यसका लागि आफू प्रयत्नशील रहनेसमेत बताएको छ ।
समाजवादी मोर्चाका सूत्रधार तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल समाजवादी मोर्चामा अटाएका थिएनन् ।
चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया