शुक्लाफाँटा आरक्ष पीडितलाई व्यवस्थापन गरियोस् : सांसद महरा

काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरूलाई निकालिएको भए पनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए । उनले विस्थापित आरक्ष पीडितहरूलाई व्यवस्थित गर्न माग गरे ।
आरक्ष पीडितहरूको हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरूलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए । आफ्नो जमिन आरक्षलाई छोडेको भए पनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाइ छ ।
उनले बजेटमा भूमिहीनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताए । त्यस्तै बजेट संघीयताको पक्षमा नरहेको उनले उल्लेख गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया