एमालेका सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ - प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो । बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे । प्रधानमन्त्रीले भने जस्तै भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य नहुने उनले बताए ।
उनले यस बिषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने बताएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका थिए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया