५ किमी रोड रेसकाे उपाधि चन्द र खड्कालाई

कैलाली । मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीमा आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले पाएका छन् ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्र तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुर र छात्रा तर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् ।
त्यस्तै पुरुष तर्फ द्धितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए ।
त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए । त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी पाँचौँ र सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डा छैटौँ भए ।
त्यस्तै छात्रा तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट द्धितीय र सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन् ।
चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, शारदा माविकी सवनम खातुन पाँचौँ र पञ्चोदय मावि धनगढी कैलालीकी सपना चौधरी छैटौँ भइन् ।
प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैलाई प्रथमलाई १०/१० हजार, दितियलाई ७/७ हजार, तृतीयलाई ५/५ हजार , चौथो पाँचौँ र छैटौँले क्रमशः ३ हजार देखी १ हजार सम्म पाएका थिए । रोड रेसमा ४१४ छात्र र २१७ जना छात्रा गरि ६३१ जनाको सहभागिता रहेको थियो ।

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया